काठमाडौँ। जिल्ला अदालत काठमाडौँले व्यवसायीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरू थुनामै छन् ।
जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको हो भने दिपक भट्टसँग एक करोड ५० लाख धरौटी माग गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको अर्को मुद्दामा जिल्ला अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैंया धरौटी माग गरेको छ ।

विशेष अदालतले धितोपत्र सम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।







