४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान

अ+ अ-

काठमाडौँ । वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ ।

अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगन्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिएका छन् ।

“अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको असुविधाप्रति हामी संवेदनशील छौँ । छपकैया क्षेत्रमा ३३ केभी भूमिगत केबलमा आएको प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको थियो”, उनले भने । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल परिचालन भई रात दिन खटिएर समस्या पहिचान तथा समाधान गर्न सफल भएका छन् ।”

प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले दीर्घकालीन रूपमा समस्या समाधानका लागि वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुई वटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको जनाएको छ । अत्यधिक गर्मीका कारण लाइन ट्रिप हुने तथा भोल्टेजमा समस्या आउँदा वीरगन्ज र आसपासको क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको थियो । 

0 Comments