५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

अ+ अ-

काठमाडौँ । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा त्यस नाकाबाट बरामद गरिएका सामानमध्ये रु. ११ करोड ७१ लाख ६३ हजार ४६४ बराबरका सामग्री भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

यस अवधिमा रु. २२ लाख ४८ हजार बराबरको काठ बरामद गरिएको पनि उनले जानकारी दिए। त्यस्तै रु. ८५ लाख २३ हजार मूल्य बराबरका केही सामग्री भने नष्ट गरिएको सशस्त्र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी गणले रु. ६० लाख ९६ हजार ६६३ स्रोत नखुलेको रकम बरामद गरेको थियो । वन्यजन्तुसम्बन्धी ओखेटोपहार करिब रु. २१ लाख बराबर बरामद भएको प्रतिवेदनमा जनाइएको छ । सशस्त्र प्रहरी बलले सामान ओसारपसारमा संलग्न भएका २१ जना पक्राउ गरेको थियो ।

पछिल्लो समय लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । गाँजा ३४३ ग्राम, ट्रामाडोल १५ हजार ८७० टयाब्लेट, नाइट्रोभेट तीन हजार ४० टयाब्लेट, ब्राउन सुगर ३६ ९ ग्राम, अफिम ५.५ केजी, चरेश छ ग्राम, खैरो हिरोइन एक ग्रामलगायत बरामद गरिएको छ । यस अवधिमा लागू औषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न २२ जनालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिएको सूचना अधिकारी विष्टले बताए ।

उक्त गणले मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत २३ जना महिलाको उद्धार गरेको जनाएको छ । मानव बेचबिखनसम्बन्धी सूचनाका आधारमा जमुनाह नाकामा गरिएको जाँचका क्रममा उनीहरूको उद्धार गरिएको उपरीक्षक विष्टले बताए ।

सो प्रकरणमा संलग्न रहेको आरोपमा २१ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

पछिल्लो समय जमुनाह नाकामा सशस्त्र प्रहरी बलले अवैध सामान नियन्त्रण, तस्करी रोकथाम तथा सीमा सुरक्षामा अहोरात्र खटिरहेको जनाएको छ ।

0 Comments