काठमाडौँ । जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागू औषध सहित एक जनालाई पक्राउ गरिएको छ ।
बुधबार राति १२: १० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह (पीआईटि) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर-१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरिएको थियो ।
खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ ग्राम गाँजा तथा खैरो हिरोइन ३ ग्राम ०७ मिलिग्राम बरामद भएको छ ।बरामद भएको कटुवा पेस्तोल र लागु औषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ ।







