६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीले काठमाडौँसहित देशका विभिन्न भागबाट विभिन्न प्रकारका लागु औषधसहित १९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–३१ प्रयागमार्गबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम ६५७ ट्याब्लेटसहित दुई जना र पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरबाट २० किलो ६८७ ग्राम गाँजासहित भारतको विहार राज्यको सितागढी पञ्चायतताल डुम्रा–३३ का ३४ वर्षीय रहमद अन्सारीलाई पक्राउ गरिएको हो ।

यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट खैरो हेरोइनसहित भारतको विहार राज्यको मधुवनी पञ्चायत मधवापुर–५ का २४ वर्षीय राजाकुमार मण्डल, बाराको कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा सञ्चालन गरिएको घुम्ती पसलबाट गाँजासहित २० वर्षीय सनोज पटेल, हेटौँडा उपमहानगरपालिका–१५ बाट खैरो हिरोइन ३९ वर्षीय आइतमान थिङ,  सोही उपमहानगरपालिका–३ लेवट चोकबाट खैरो हिरोइनसहित २२ वर्षीय रबि स्याङ्तान र २४ वर्षीय सुजन स्याङ्तानलाई पक्राउ गरिएको हो । 

त्यसैगरी, धनकुटाको शहिदभूमि गाउँपालिका–१ पाङ्नामबाट ट्रामाडोल ३० ट्याब्लेटसहित भोजपुर हतुवागढी गाउँपालिका–९ का २३ वर्षीय हिलसन राई, कैलालीको टीकापुर नगरपालिका–८ सत्ति पुलबाट खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–१ का २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत, गौरीगङ्गा नगरपालिका–२ बाट खैरो हेरोइनसहित २८ वर्षीय कृष्ण साउद र २३ वर्षीय खेम साउद र रूपन्देहीको कञ्चन गाउँपालिका–४ बेलडाँडाबाट खैरो हेरोइनसहित सैनामैना नगरपालिका–१० सालझण्डीका ३१ वर्षीय सन्दीप पुनलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई सम्बन्धित जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको जनाइएको छ । उनीहरू गत सोमबार र मंगलबार पक्राउ परेका हुन् ।

0 Comments