काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा नियुक्तिका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।
आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिको प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार गत असार २६ गते प्रकाशित आवेदन आह्वानअनुसार प्राप्त निवेदनमध्ये उच्च अंक प्राप्त गर्ने १२ जनालाई सर्टलिस्टमा समावेश गरिएको छ। उम्मेदवारको छनोट राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम शैक्षिक योग्यता, कार्यानुभव र पेश गरिएको सोच पत्रको मूल्याङ्कनका आधारमा गरिएको जनाएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल (बारबर्दिया-४, बर्दिया), प्रा.डा. दीपेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ-४), प्रा.डा. दिलीप शर्मा (सूर्यविनायक-२, भक्तपुर), प्रा.डा. विनोदकुमार यादव (औरही-२, महोत्तरी), प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर-६), प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर-१०), प्रा.डा. विष्णुप्रसाद शर्मा (ललितपुर-१५), प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौँ-२४), प्रा.डा. सञ्जयकुमार श्रेष्ठ (काठमाडौँ-२८), प्रा.डा. सन्ध्या चापागाईँ आचार्य (मध्यपुर ठिमी-३, भक्तपुर), प्रा.डा. सुरज बज्राचार्य (काठमाडौँ-१७) र प्रा.डा. सैलेस प्रधान (महालक्ष्मी-१, ललितपुर) रहेका छन्।
आयोगले सर्टलिस्टमा समावेश उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गरिने जनाएको छ।







