७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ

अ+ अ-

काठमाडौँ । बीमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा ३९ वर्षीय मृदुला सरिया पक्राउ परेकी छिन् । ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिको निरीक्षणका क्रममा बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निजलाई पक्राउ गरेको हो । 

नेपाल बीमा प्राधिकरणले सोसम्बन्धी कसुरको अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो । झापाको साविक भद्रपुर गाविस वडा नं ११ बस्ने सरियालाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ आज पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपम शम्शेर जबराले जानकारी दिए । 

निजले बिमासम्बन्धी ऐनको दफा १४० को १ (छ) मा उल्लेखित ‘बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बिमालेख जारी गर्दा, बिमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्यांकन गर्दा, बिमा दाबी भुक्तानी गर्दा वा बिमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरुपयोग गरेमा’ भन्ने कसुर उल्लंघन गरेको अनुसन्धानका क्रममा पाइएको छ । 

यसैबीच, बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल आज पक्राउ परेका छन् । व्यवसायी दीपक भट्टसमेत भएको बिमा ऐन, २०७९ अन्तर्गत र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका निजलाई ब्युरोको टोलीले आज काठमाडौँ महानगरपालिका, वडा नं ७ सिफलबाट पक्राउ गरेको हो । 

0 Comments