८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकारात्मक र सृजनशील समाचार सम्प्रेषणमा प्रहरी महानिरीक्षक कार्कीको जोड

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन् ।

शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गरे ।

सामाजिक सञ्चारमाध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको भन्दै उनले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको जानकारी दिए ।

उनकाअनुसार, प्रहरीले सामाजिक सञ्चालनमार्फत छोटा र प्रभावकारी भिडियो क्लिपहरू सार्वजनिक गरी नागरिकलाई छिटो र सरल ढंगले सूचना पुर्‍याउने प्रयास गरिरहेको छ ।

उनले सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई राजनीति, कूटनीति र द्वन्द्वका समाचारमा मात्र केन्द्रित नभई समाजका सृजनशील र सकारात्मक पक्षहरूलाई पनि प्राथमिकता दिन आग्रह गरे ।

महानिरीक्षक कार्कीले भने, ‘आजकल मानिसहरू लामो सामग्रीभन्दा छोटो सामग्री हेर्न र पढ्न रुचाउँछन् । टिकटकदेखि समाचारसम्म छोटो स्वरूपमै बढी हेरिन्छ । यसले पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ता पनि छ । त्यसैले नेपाल प्रहरीले पनि सामाजिक सञ्जालमार्फत छोटा र प्रभावकारी भिडियो तथा सन्देशहरू सार्वजनिक गरेर नागरिकलाई छिटो र सहज रूपमा जानकारी दिने प्रयास गरिरहेको छ । सञ्चारमाध्यमसँग पनि मेरो आग्रह छ-राजनीति, विवाद र द्वन्द्वका समाचार मात्र होइन, सृजनशीलता, परिश्रम, उत्पादन, कृषि, पर्यटन, नवप्रवर्तन, सुरक्षा र समाजका लागि उत्कृष्ट योगदान दिएका व्यक्तिहरूका प्रेरणादायी समाचारलाई पनि प्राथमिकता दिइयोस् । यस्ता सकारात्मक विषयको प्रवर्द्धनले सभ्य, सचेत र सृजनशील समाज निर्माणमा ठुलो योगदान पुर्‍याउन छ ।’

उनले कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिए । यस्ता सकारात्मक समाचारले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाजलाई नै रचनात्मकतातर्फ मोडिने अभिलाषा उनले व्यक्त गरे ।

0 Comments