९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर-घरमा तुलसीको बिरुवा रोपियो

अ+ अ-

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन् । 

यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ-आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन् । धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ । बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर-घरमा चहलपहल देखिएको छ । 

आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात् कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ । आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ । पुराणहरूका अनुसार भगवान् विष्णु आजैका दिनदेखि चार महिनासम्म क्षीरसागरमा शयन गर्ने हुनाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । 

भगवान् विष्णु शयन गर्ने यस अवधिमा मांगलिक कार्यहरू (विवाह, व्रतबन्ध आदि) नगर्ने र आध्यात्मिक साधना तथा जप–तपमा ध्यान केन्द्रित गर्ने शास्त्रीय मान्यता रहेको छ । वैज्ञानिक दृष्टिले समेत अधिक अक्सिजन उत्सर्जन गर्ने र औषधिजन्य गुणले युक्त मानिने तुलसीलाई आध्यात्मिक रूपमा ‘विष्णुप्रिया’ का रूपमा पुजिन्छ । तुलसी रोपिएको घरलाई तीर्थ समान मानिने र त्यहाँ नकारात्मक ऊर्जा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ । 

यस अवसरमा आज राजधानीको बूढानीलकण्ठ, चाँगुनारायण, शोषनारायण, इचंगुनारायण, माछापोखरीस्थित नारायण मन्दिर लगायत मुलुकभरका विभिन्न विष्णु मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । एकादशीका अवसरमा आज धेरैले निराहार व्रत बसी फलाहार गर्ने र एकादशी महात्म्य श्रवण गर्ने गर्दछन् ।

 कात्तिक शुक्ल एकादशीमा तुलसीको विवाह नगरुन्जेलसम्म प्रत्येक दिन बिहान–बेलुका तुलसीको मठमा दीप प्रज्वलन गरी पूजा गर्ने क्रम आजैबाट शुरु भएको छ ।

0 Comments