काठमाडौँ । भारत सरकारले कक्रोच जनता पार्टी (सीजेपी)का बाँकी रहेका सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ ।
तेस्रो चरणको वार्तापछि सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका तथा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले एउटा संयुक्त पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा सौरव दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्किन आग्रह गरे । सरकारले राजधानी दिल्ली मात्र नभई देशभर आन्दोलनका क्रममा दर्ता भएका सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ ।
साथै, भविष्यमा सीजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै कारबाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको उनले बताए ।
यस्तै, प्रवक्ता आशुतोष रांकाले एक करोड रुपैयाँ क्षतिपूर्तिको विषयमा पनि सहमति भएको जानकारी दिए। उनका अनुसार सरकारले कानुनी व्यवस्था अनुसार क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएको छ ।






