१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले पुनर्गठनका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको पूर्वअखिल नेताहरूको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को पुनर्गठन आवश्यक रहेको निष्कर्ष निकाल्दै अनेरास्ववियुका पूर्वनेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अनिवार्य शर्तका रूपमा अघि सारेका छन्।

२०६२-०६३ को राजनीतिक परिवर्तनपछि अनेरास्ववियुको नेतृत्व सम्हालेका पूर्वनेताहरूको आइतबार बागबजारस्थित एक होटेलमा आयोजित ‘पार्टी पुनर्गठनमा पूर्वअखिलहरूको भूमिका’ विषयक भेलाले पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरेको हो। भेलाको संयोजन अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले गरेकी थिइन्।

भेलामा सहभागी अधिकांश वक्ताहरूले वर्तमान नेतृत्वले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यथास्थितिमा पार्टीलाई पुन: सशक्त बनाउन कठिन हुने निष्कर्षसमेत प्रस्तुत गरेका छन्।

कार्यक्रमका प्रमुख वक्ता तथा एमाले नेता ठाकुर गैरेले नेतृत्व परिवर्तनबिनाको वाम एकताले कार्यकर्ता र समर्थकमाझ नयाँ ऊर्जा सिर्जना गर्न नसक्ने धारणा राखे। उनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई पार्टी पुनर्गठनको आधारभूत आवश्यकता भन्दै वर्तमान नेतृत्वले जिम्मेवारीबाट पछि हट्नुपर्ने विचार व्यक्त गरे।

गैरेले एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको सम्भावित एकताबारे गरिएको ठूलो जनसहभागितासम्बन्धी दाबीप्रति पनि व्यंग्यात्मक टिप्पणी गरेका थिए। उनले पार्टी संरचनासमेत पुनरावलोकन गर्दै हालका कमिटी विघटन गरी नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने प्रस्ताव राखे।

केन्द्रीय सदस्य रचना खड्काले पनि पार्टीभित्र देखिएको संकट समाधानका लागि सदस्यहरू सक्रिय हुनुपर्ने आवश्यकता औँल्याइन्। उनले विशेष गरी युवा पंक्तिमा नेतृत्वप्रतिको आत्मविश्वास कमजोर बन्दै गएको टिप्पणी गर्दै त्यसले संगठनको भविष्यमा असर पारेको बताइन्।

पूर्वअखिल नेतृ मेनुका पछाइले नयाँ पुस्ताप्रति विश्वासको अभावका कारण एमाले अहिलेको अवस्थामा पुगेको दाबी गर्दै पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखिन्। उनले आफूहरू आलोचनाका लागि नभई संगठनको भविष्यप्रति जिम्मेवार भएर सुधारको पक्षमा उभिएको स्पष्ट पारिन्।

कार्यक्रममा बोल्दै उषा किरण तिम्सेनाले वर्तमान नेतृत्वको बहिर्गमन अब सर्तसहित नभई निशर्त हुनुपर्ने धारणा व्यक्त गरिन्। पूर्वनेता मोती विश्वकर्माले विगतमा पनि अनेरास्ववियुले पार्टीका कमजोरी सच्याउन भूमिका खेलेको उल्लेख गर्दै अहिले पनि त्यस्तै जिम्मेवारी निर्वाह गर्नुपर्ने समय आएको बताए।

अनेरास्ववियुका पूर्वमहासचिव नरेश रोकायाले वर्तमान नेतृत्वका कमजोरीबारे समीक्षा गर्दै पार्टीभित्र व्यापक पुनर्गठन आवश्यक रहेको धारणा राखे। उनले विगतका त्रुटिबाट शिक्षा लिएर अब सुधारका पक्षमा खुला रूपमा उभिन युवा पंक्तिलाई आग्रह गरे।

पूर्वअखिल अभियानसँग आबद्ध तपेन्द्र शाहीले नेतृत्व परिवर्तन नहुन्जेल अभियान जारी रहने बताएका छन्। कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्षहरू माधव ढुंगेल, समिक बडाल, सुजन कडरियालगायतले पनि पार्टी पुनर्गठनको आवश्यकतामाथि धारणा राखेका थिए।

0 Comments