१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्ड फ्लु नियन्त्रणमा भएसँगै ‘अण्डा’ र मासुको खपत र मूल्य बढ्यो

अ+ अ-

चितवन । पन्छीमा देखिएको बर्ड फ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो ।

नेपाल लेयर्स कुखुरा पालक संघले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु. ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु. ५०० बाट ५३०, मिडियम रु. ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु. दुई हजार ९०० बाट तीन हजार पुर्‍याइएको छ । एक्सेल अण्डा रु. ५१५ बाट ५४५ पुगेको छ ।

अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताए । बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु. ४५० मा झरेको थियो । प्रतिक्रेट रु. ५६५ बाट रोगको सङ्क्रमण देखिएसँगै मूल्य घटेको थियो । अण्डाको लागत मूल्य प्रतिगोटा रु. १९.१२ पर्न आउँछ । यसरी हिसाब गर्दा किसानले प्रतिक्रेट रु. ५७३.६० पाउँदा मात्रै लागत मूल्य पाउँछन् । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोरेको उनी बताउँछन् ।

उनका अनुसार झण्डै १० लाख लेयर्स कुखुरा बर्डफ्लु र एचनाईनका कारण मरेका छन् । चैत महिनादेखि असारसम्म दैनिक उत्पादन ४३ लाखबाट घटेर २८ लाखमा झरेको छ । यसलाई हेर्दा दैनिक १५ लाख हाराहारी अण्डा उत्पादन घटेकाले ठूलो नोक्सान भएको उनी बताउँछन्।

यस्तै कुखुराको मासु र चल्लाको मूल्य पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु. ७० पुगेको छ । रोगका कारण तीन ह्याच नष्ट गरेका उद्योगीले गोटाको रु १५ मा समेत बिक्री गरेका थिए । ह्याचरीले सातामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् । ह्याचरी उद्योग संघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु. ६५ हो । यस्तै लेयर्स चल्लाको लागत मूल्य प्रतिगोटा रु. १२५ हो भने अहिले बजारमा रु. १५० मा बिक्री हुन थालेको छ । एक सातामा ब्रोइलर चल्ला २८ देखि ३० लाख र लेयर्स चल्ला एक लाख उत्पादन हुने गर्दछ । बर्डफ्लुभन्दा पहिला ब्रोइलर चल्ला साताको ४० देखि ४५ लाखसम्म उत्पादन हुने गरेको थियो ।

रोग सङ्क्रमणका कारण दैनिक नौ लाख किलो बिक्री भइरहेको कुखुराको मासु घटेर दैनिक पाँच लाख किलोमा झरेको थियो । यो बढेर अहिले दैनिक सात लाख किलो पुगेको छ । किसानले ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो रु २६० मा बिक्री गर्दै आएकामा घटेर रु. १५० मा झरेको थियो । अहिले बढेर रु. २१५ पुगेको लामिछानेले जानकारी दिए । रोगका कारण भएको क्षतिको विवरण निकाल्ने काम भइरहेको भन्दै उनले अर्बौँ गुमाउनुपरेको बताए ।

पशु सेवा विभागका अनुसार यही साउन १ गतेयता बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो । विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी विकास मन्त्रालयबाट वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङको उर्लाबारी–८ र सुन्दरहरैचा–४ मा पहिलो पटक वर्ड फ्लु देखिएको थियो ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो ।

0 Comments