काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१८ इनर्वाका ६५ वर्षीय रामजन्मसिंह राजपूतलाई जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१८ बाट पक्राउ गरेको हो ।
राजपुतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
राजपूत गत वैशाख ३१ गते वीरगञ्ज महानगरपालिका-२२ मनियारीका सुमनकुमार शर्मालाई कुटपिट गरेपछि फरार थिए ।






