१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रड पिक हिम पहिरो घटनामा उद्धारका लागि पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको परराष्ट्रको भनाइ

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित ब्रड पिकमा भएको हिम पहिरोमा परेका नेपालीसहितका आरोहीको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तानका सम्बन्धित सरकारी निकाय र अल्पाइन क्लब अफ पाकिस्तानसँग सहकार्य गर्दै प्रभावित आरोहीहरूको अवस्था पत्ता लगाउने तथा सुरक्षित उद्धारका लागि आवश्यक पहल गरिरहेको छ ।

पाकिस्तानी अधिकारीहरूले उद्धार टोलीमार्फत खोजी कार्य जारी रहेको जानकारी नेपाली दूतावासलाई गराएको मन्त्रालयले जनाएको छ । उद्धार प्रक्रियालाई प्रभावकारी बनाउन पाकिस्तान पक्षले उपलब्ध स्रोत र साधन परिचालन गर्ने प्रतिबद्धता जनाएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को नेतृत्वमा रहेको ब्रड पिक आरोहण टोलीमा नेपाली नागरिक पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा सहभागी रहेका छन् ।

उक्त टोलीमा नेपालबाहेक ओमानकी नधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस पनि समावेश रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले घटनापछि प्रभावित आरोहीहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित पक्षसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।

0 Comments