काठमाडौँ । रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो ४ सय ८४ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
धनकुटाको पाख्री बास नगरपालिका-९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको गरिएको हो ।
केन्द्रीय प्रहरी अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा रहेका ३१ वटा पोका गाँजा शनिबार बरामद गरेको हो ।






