१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँको गोठाटारमा भीषण आगलागी: १४ सटर जलेर नष्ट, १ घाइते

अ+ अ-

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ। स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो।

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाको कमान्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल सिनामंगलबाट २५ जना गरी कुल १७५ भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।

सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूल पानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ।  

0 Comments