२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार अनुगमन : २९ व्यावसायिक फर्मलाई ६ लाख ९२ हजार जरिवाना

अ अ+ अ-

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न मोरङ प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ। पछिल्लो १० दिनमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएका २९ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमनका क्रममा ती फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार पछिल्लो १० दिनमा ७४ वटा व्यावसायिक फर्मको छड्के अनुगमन गरिएको थियो। अनुगमनका क्रममा विभिन्न किसिमका लापरबाही तथा कैफियत भेटिएपछि सम्बन्धित व्यवसायीलाई जरिवाना गरिएको हो।

चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढ्ने अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बजारमा हुन सक्ने अनियमितता नियन्त्रणका लागि संयुक्त अनुगमन सञ्चालन गरेको हो।

अनुगमन गरिएका ७४ फर्ममध्ये २९ वटामा कैफियत भेटिएपछि आर्थिक जरिवाना गरिएको प्रशासनले जनाएको छ।

0 Comments