१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्रको अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसी नगर्न बोर्डको आग्रह

अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रको दृश्य, क्लिप वा अन्य अंश अनुमतिबिना रेकर्ड गरी डिजिटल माध्यममा सार्वजनिक गर्ने गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ।

बोर्डले आइतबार जारी गरेको विज्ञप्तिमार्फत चलचित्र घरभित्र मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गरी सामग्री रेकर्ड गर्ने र विभिन्न सामाजिक सञ्जालमा अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको जनाएको हो।

प्रतिलिपि अधिकारसम्बन्धी कानुन उल्लंघन हुन सक्ने
बोर्डका अनुसार चलचित्रको कुनै पनि भाग अनुमति नलिई रेकर्ड गर्ने, प्रतिलिपि तयार गर्ने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा चलचित्रसम्बन्धी प्रचलित कानुनी व्यवस्था विपरीत हुन सक्छ।

चलचित्र उद्योगमा प्रत्यक्ष आर्थिक असर
बोर्डले अनधिकृत रेकर्डिङ तथा डिजिटल पाइरेसीका कारण चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र लगानीकर्ताले प्रत्यक्ष आर्थिक नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना हुने जनाएको छ। यस्ता गतिविधिले नेपाली चलचित्र उद्योगको दिगोपन, चलचित्र व्यवसाय तथा बौद्धिक सम्पत्तिको संरक्षणमा समेत नकारात्मक प्रभाव पार्ने बोर्डको भनाइ छ।

सार्वजनिक गरिएका सामग्री हटाउन आग्रह
पहिले नै अनुमति बिना रेकर्ड गरिएका चलचित्रका दृश्य वा सामग्री सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको भए तत्काल हटाउन बोर्डले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

साथै, सामाजिक सञ्जाल प्रयोगकर्ता, कन्टेन्ट निर्माता, पेज सञ्चालक तथा डिजिटल प्लेटफर्म प्रयोगकर्तालाई प्रतिलिपि अधिकारको सम्मान गर्दै कानुन अनुकूल र जिम्मेवार व्यवहार अपनाउन बोर्डले अपिल गरेको छ।

हल सञ्चालकलाई निगरानी प्रभावकारी बनाउन निर्देशन
चलचित्र घर सञ्चालक तथा प्रदर्शकलाई क्यामेरा रेकर्डिङ तथा पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली थप प्रभावकारी बनाउन बोर्डले आग्रह गरेको छ। यस्ता गतिविधि देखिए वा जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित निकायलाई सूचित गर्न पनि बोर्डले निर्देशन दिएको छ।

बोर्डले अनधिकृत रेकर्डिङ, डिजिटल पाइरेसी तथा प्रतिलिपि अधिकार उल्लंघनमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुन सक्ने स्पष्ट गर्दै यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।

0 Comments