१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अंकको वृद्धिदर

अ+ अ-

एजेन्सी । दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अंकले बढेको सरकारी तथ्यांकले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो ।

दक्षिण कोरियाको तथ्यांक मन्त्रालयका अनुसार, जुन महिनामा अनलाइन किनमेलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० नजरबन्द सात प्रतिशतले वृद्धि भई २४ दशमलव ६१ ट्रिलियन वन (करिब १७.२ अर्ब अमेरिकी डलर) पुगेको छ ।

अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाका मोडलहरूको अनलाइन खरिद बढेसँगै कार तथा कारका सहायक सामग्रीको अनलाइन बिक्री ५६ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नयाँ स्मार्टफोन बजारमा आएसँगै मोबाइल उपकरणको अनलाइन माग १४४ दशमलव चार प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ, घरायसी उपकरण, कम्प्युटर, कृषि उत्पादन तथा संस्कृति र मनोरञ्जनसम्बन्धी सेवाको अनलाइन कारोबारमा पनि दोहोरो अंकको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कफी र केकजस्ता उपहार ई–कुपनमार्फत प्रदान गर्ने चलन बढेसँगै ई–कुपन सेवाको अनलाइन कारोबार १२ प्रतिशतले बढेको छ ।
स्मार्टफोन, ट्याब्लेटलगायत मोबाइल उपकरणमार्फत गरिने किनमेलको कारोबार वार्षिक आधारमा नौ दशमलव आठ प्रतिशतले बढेर जुन महिनामा १८ दशमलव ९३ ट्रिलियन वन पुगेको छ । यो कुल अनलाइन किनमेल कारोबारको ७६ दशमलव नौ प्रतिशत हो ।

0 Comments