२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक, नेपालको बहुआयामिक तथ्यांक एकै प्रकाशनमा

अ+ अ-

काठमाडौँ । फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल)ले आफ्नो प्रमुख वार्षिक प्रकाशन ‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक गरेको छ। यो प्रकाशनको ११औँ संस्करण हो, जसले नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे तथ्यांकमा आधारित समग्र जानकारी समेटेको जनाएको छ।

संस्थाका अनुसार यस संस्करणलाई ‘रंगीय अर्थतन्त्र’ को अवधारणाअनुसार १० वटा विषयगत खण्डमा विभाजन गरिएको छ। प्रकाशनमा राष्ट्रिय तथा प्रादेशिक परिचय, हरित अर्थतन्त्र, औपचारिक (ह्वाइट) अर्थतन्त्र, पर्पल, गोल्ड, रेड, अरेन्ज र ग्रे अर्थतन्त्र, राजनीतिक अर्थतन्त्र तथा फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्ससम्बन्धी जानकारी समावेश गरिएको छ।

प्रकाशनले कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक सुरक्षा, वित्त, बैंकिङ, व्यापार, उद्योग, पूर्वाधारलगायतका विविध क्षेत्रका तथ्यांकलाई व्यवस्थित रूपमा प्रस्तुत गरेको संस्थाको दाबी छ। ‘रंगीन अर्थतन्त्र’ अवधारणामार्फत अर्थतन्त्रका विभिन्न क्षेत्र, प्रणाली तथा विकासका चरणलाई विषयगत रूपमा वर्गीकरण गरिएको जनाइएको छ।

सन् २०१२ मा स्थापना भएको फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स प्रालिले खुद्रा बजार अध्ययन, अनुकूलित अनुसन्धान, मिडिया आउटरिच तथा अभियान रणनीतिका क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। संस्थाले नेपालमा अनुसन्धानसम्बन्धी विभिन्न नयाँ पहल अघि बढाएको तथा टेलिभिजन, पत्रपत्रिका, जर्नल र अनलाइन सञ्चारमाध्यमसँग सहकार्य गर्दै तथ्यांकमा आधारित सामग्री सार्वजनिक गर्दै आएको जनाएको छ।

‘फ्याक्ट्स अफ नेपाल २०२६’ को मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको छ। यो पुस्तक वितरण साझेदार कथालयमार्फत देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनेछ भने थुप्रै डटकममार्फत अनलाइनबाट समेत खरिद गर्न सकिने संस्थाले जनाएको छ।

0 Comments