२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४४ नयाँ लञ्च र ५५ ब्राण्डसहित एक्स्पो तयार-यातायात पूर्वाधार भरपर्दो नहुँदा निजी क्षेत्रको प्रयासहरू खेर जाने अवस्था

अ+ अ-

काठमाडौँ । नेपालको अटो मोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री पनि हो । अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद नाइमाले आगामी अगस्ट ११ देखि १६ (साउन २७ देखि भदौ ३१) सम्म काठमाडौँको भृकुटीमण्डपमा ‘दोस्रो मोबिलिटी एक्सपो’ आयोजना गर्दै छ । ऐतिहासिक महत्त्व बोकेको नाइमाको दोस्रो मोबिलिटी एक्सपोको पूर्वसन्ध्यामा एक्सपोको तयारी, नयाँ सार्वजनिक (लञ्च) हुने गाडीहरू र लर्निङ सेसन लगायतका विषयमा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यसँग हामीले कुराकानी गरेका छौँ। प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश:

 ऐतिहासिक रूपमा नाइमाको दोस्रो मोबिलिटी एक्सपो हुँदैछ, अहिले एक्सपोको तयारी कहाँ पुग्यो ?
एक्सपोको तयारी एकदम जोरशोरले चलिरहेको छ । अब त हाम्रो चार–पाँच दिन मात्रै बाँकी छ । हाम्रो भृकुटीमण्डपमा काम सुरु भइसकेको छ । सबै स्टलहरूको ह्याङ्गर लगाउने काम चलिरहेको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्राण्ड्सहरु सबै तयारी अवस्थामा छन् । अब त डेलिभरीको टाइम आयो । सो अब डेलिभर गर्ने नै हो, आफ्नो जो देखाउनुहुन्छ उहाँहरूले देखाउनुहुन्छ । हामी एकदमै तयारीमा छौँ । हाम्रो लर्निङ सेसन पूरा तयारीमा छ । खल्तीबाट टिकट्स लाइभ भइसकेको एक महिना नै हुन लाग्यो । पार्किङको व्यवस्था, ब्लु पेभिलियन हलमा लर्निङ सेसनको पूरा व्यवस्था, हाम्रो मोडरेटर्स, स्पीकर्स, प्यानल्सहरू सबै जना अब रेडी हुनुहुन्छ ।

यस पटकको नाइमा एक्सपोमा खास के–के हुँदैछ ?
पोहोरको वर्ष हाम्रो फस्ट एक्सपोमा ४२ वटा ब्राण्ड्स थियौँ । यसपाली ५५ वटा ब्राण्ड्स तपाईँले त्यहाँ हेर्नुहुन्छ । त्यसमा दुइटा चार्जिङ फ्यासिलिटी बनाउने कम्पनीज पनि छन् । ट्राफिक प्रहरीको एप पनि छ । हाम्रो बैंकिङ, इन्स्योरेन्स, र रेस्टुरेन्टहरू सबै जना तपाईँहरू सबैलाई नाइमा वेलकम गर्न एकदमै तयारीमा हुनुहुन्छ । ब्लु पेभिलियन हलमा हाम्रा सबै लर्निङ सेसनहरू हुने हुन् । अगस्ट ११ देखि १६ सम्म दिनहुँ २ देखि ४ बजेसम्म लर्निङ सेसन चल्छ ।

लर्निङ सेसनमा खास के–के विषयमा छलफल हुँदैछ ?
अटो मोबाइल सेक्टर वा कुनै पनि सेक्टर हाम्रो इकोनोमीमा एक अर्काबाट इन्डिपेन्डेण्ट हुँदैन । अहिले हामीले जो अलिकति सुस्तता देखिरहेका छौँ, त्यसमा सबैलाई समावेश गर्नका लागि अगस्ट ११ मा वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी ‘इन्भेस्टमेण्ट एफडीआईज’ प्रोग्राम छ । त्यसमा एकदमै चलेको डोल्मा फाउन्डेसनका सीईओ टिम गोचर हाम्रो प्यानलमा आउँदै हुनुहुन्छ ।

त्यसपछि इथानोल ब्लेन्डिङ र रिसाइक्लिङको बारेमा प्रोग्राम छ । रिसाइक्लिङ र इथानोल ब्लेन्डिङका लागि हाम्रा विज्ञहरू इन्डियाबाट आउँदै हुनुहुन्छ । फेरि फाइनान्सिङको बारेमा प्रोग्राम छ । एउटा प्रोग्राम युथ आन्टरप्रेनरसिप एन्ड डेभलपमेन्टको बारेमा छ । सो एभ्री डे हाम्रो एकदमै हाई इम्प्याक्ट प्रोग्रामहरू हुन्छन् ।

बिहानको टाइममा नेपाल प्रहरीसँग मिलेर, उहाँहरूसँगको असिस्टेन्समा ट्रेनिङ गरिरहेका छौँ । उहाँहरूसँग हाम्रो पार्टनरसिप लास्ट इयरदेखि ५ वर्ष सम्मको कन्ट्रयाक्ट छ । उहाँहरू र ग्र्यान्डी हस्पिटलसँग मिलेर ‘पोस्ट एक्सिडेन्ट सेफ्टी इस्युज र रेस्पोन्स के हुनुपर्छ’ भन्नेबारे एभ्री डे मर्निङमा तालिम हुन्छ । एउटा युथ मोटिभेसन प्रोग्राम पनि छ । हामी अनलाइनमा पूरा टाइम टेबल नै बनाएर अनलाइन गर्दिन्छौँ, जसले गर्दा तपाईँले कुन प्रोग्राममा आउने वा सबैमा आउने आफै चुज गर्न पाउनुहुन्छ ।

नयाँ ब्राण्ड र गाडीहरूमा मान्छेको उत्सुकता छ, यस वर्ष कस्ता र कति वटा गाडीहरू आउँदै छन्, सबै प्रिमियम हुन् ?
हाम्रो लागि ५५ वटै ब्राण्ड प्रिमियम छन् । सबै जनाले नै आफ्नो गाडी त्यहाँ प्रदर्शनीमा राख्नुहुन्छ । यसपाली ४४ वटा हाम्रो नयाँ लञ्चेस छन् । त्यहाँ तपाईँले नयाँ गाडी पनि र अहिले भइरहेकै गाडीको नयाँ मोडलहरू पनि हेर्न पाउनुहुन्छ । 

हाम्रो सबै प्यासेन्जर गाडी हो । त्यसमा ए सेग्मेन्ट, बी सेग्मेन्ट, सी सेग्मेन्ट, प्रिमियम कार्स सब छ। ५५ वटा ब्राण्डमा त हाम्रो पुरा इन्डस्ट्री नै समाउँछन् नि त । सो सबै थरीको गाडी तपाईँले त्यहाँ हेर्नुहुन्छ ।

नीति निर्माताहरूको सहभागी कस्तो हुन्छ, उहाँहरूको सहभागिता के छ ?
पोलिसी मकरहरूलाई हामीले इन्भाइट गरेका छौँ । मन्त्रीजी आउनुहुन्छ भन्ने हाम्रो बानी परिसकेको छ, तर बाहिर धेरै यत्तिकै औपचारिक कार्यक्रमहरूमा जाँदा उहाँहरूको अलिकति टाइम वेस्ट हुन्छ भन्ने म पनि मान्छु ।

तर डिपार्टमेन्ट्सबाट हामीले एकदम कोशिस गरेका छौँ । जस्तै भौतिक ट्रान्सपोर्ट मिनिस्ट्रीबाट आउँदै हुनुहुन्छ, राष्ट्र बैंकबाट पनि डाइरेक्टरहरू दुइटा प्रोग्राममा आउनुहुन्छ । ट्राफिकबाट आउनुहुन्छ । एप्रोप्रिएट हिसाबले हामीले डिपार्टमेन्ट्सबाट मान्छे बोलाएका छौँ ।

 एक्सपोमा राख्ने गाडीहरू सबै आइपुगेका हुन् कि नाकामा रोकिएका छन्, तातोपानीमा कति गाडी रोकिएका छन्  ?
त्यहाँ एउटा ठूलो समस्या हामी के हेरिरहेका छौँ भने, तातोपानी र चाइनिज बोर्डरमा एकदमै समस्या देखिरहेको छ । किनकि त्यहाँ बाटो बिग्रिरहेको छ । तातोपानीबाट होइन रसुवाबाट ल्याउनुस् भनेर डाइभर्ट गर्ने कुरा पनि आइरहेको छ । तर यो प्रशासनले एकदम सम्झिने कुरा हो । प्राइभेट सेक्टर जति नै प्रभावकारी र प्रो–एक्टिभ भएर अगाडि बढे पनि पूर्वाधारको व्यवस्था मिलेको छैन भने त हाम्रो आजको जस्तो सिचुएसन हुन्छ । 

हाम्रो अटो शो आइसक्यो, धेरै जसो ब्रान्ड्सको गाडी अहिले चाइना बोर्डरमा अड्किरहेको छ । यो ठूलो समस्या हो र यसको सोलुसन हामीले मागिरहेका छौँ, चिठ्ठीहरू पनि पठाइसक्यौँ। तातोपानीमा दुई–चार वटा ब्रान्ड्सको गाडी आइसकेको छ, उहाँहरूले एक्ज्याक्ट नम्बर भन्नुभएको छैन तर गाडी एउटा होस् कि १० वटा होस् प्रब्लम त प्रब्लम हो ।

हामीलाई सरकारबाट यसमा एकदम प्रो–एक्टिभ सोलुसन चाहिने हो । प्राइभेट सेक्टरले जति गरे पनि यसरी गएर एफर्ट वेस्ट हुने जस्तो देखिन्छ । वातावरण हुनु पर्‍यो । बर्खा लागे कि हाम्रो यो सिचुएसन सुरु हुन्छ । महिना–महिनामा भइरहन्छ । किन हामी अरु देश जस्तो हुन सक्दैनौँ ? किन आफ्नो व्यवस्था मिलाउन सक्दैनौँ ? नयाँ सेटअपले यसलाई ध्यान दिनुहुन्छ भन्ने आशा छ । कस्टम्सको एभ्री पोइन्टमा प्रब्लम छ, त्यहाँ व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

बजेटको नयाँ ट्याक्स पोलिसी र कर नीतिको असर गाडीको मूल्य र समग्र व्यवसायमा कत्तिको पर्दैछ ? 
नयाँ सरकार र फाइनान्स मिनिस्टरज्यूको एउटा एकदम स्पष्ट धारणा के आयो भने, ५० लाख भन्दा मुनिका गाडीलाई मिडल इन्कम ग्रुपले अफोर्ड गर्ने बनाउने र १ करोड भन्दा बढीको गाडी छ भने त्यसलाई प्रिमियम मान्नुपर्छ । सो त्यो लाइनमा उहाँहरू गएपछि नयाँ ट्याक्स पोलिसी आयो र प्राइज स्ट्रक्चरमा ठूलो गाडीमा बढी इम्प्याक्ट पर्‍यो । २० देखि ३० लाख भन्दा कममा त एकदमै नर्मल्ली भयो, त्यसपछि अलिअलि इम्प्याक्ट पर्‍यो ।

नयाँ ट्याक्स लागेपछि मूल्य त बढिहाल्यो, जुन दिन पोलिसी आयो त्यसको नेक्स्ट डे देखि नै लागु भइहाल्यो। अब यसमा हाम्रो एउटा रिक्वेस्ट के छ भने– जुन नयाँ चेन्जेस वा मापदण्ड ल्याउनुभयो, त्यसलाई अब ५ वर्ष सम्म स्थिरता दिनुहोस् । तपाईँ ५ वर्षको गभर्मेन्ट हो भने ५ वर्षसम्म यसलाई स्थिरता कमसेकम दिनुपर्छ, सो द्याट प्राइभेट सेक्टरले पनि आफ्नो तयारी गर्न पाओस् । नभए पूरा सप्लाई चेनमा इम्प्याक्ट आउँछ । अर्डरिङ साइकल, डेलिभरीज र कस्टमरको माइन्डसेट र पकेट साइजमा असर पर्छ । 

ट्याक्सको मूल्याङ्कन डलर र नेपाली रुपैयाँमा गर्दा पनि केही समस्या आएको हो ?
हो, एउटा इस्यु के आइरहेको छ भने, लेट्स से २९ लाख ८० हजारको एउटा गाडी छ भने त्यसमा डलर फ्लक्चुएशन अलिकति भइदियो भने त्यो अर्को ट्याक्स स्ल्याबमा गइदिन्छ । त्यो सधैँ भइरहेको हुन्छ । त्यो नेक्स्ट स्ल्याबमा गएपछि कस्टमरले कसरी उसलाई एक्सेप्ट गर्ने र इम्पोर्टरले कसरी जस्टिफाई गर्ने ? त्यो एउटा प्रब्लम छ । धेरै मान्छेको स्टक आइसकेको थियो । यसको फाइनल्ली इम्प्याक्ट के हुन्छ हेर्न बाँकी छ, तर हामीले मिनिस्ट्रीमा अवगत गराइसकेका छौँ कि यो प्रब्लम आउन सक्छ भनेर ।

अन्त्यमा, एक्सपोमा आउने ग्राहक र दर्शकहरूका लागि के भन्न चाहनुहुन्छ ?
पठाओसँग हाम्रो पार्टनरसिप छ, त्यहाँ पुग्न सजिलो बनाउन डिस्काउन्ट अफर पनि गरेका छौँ । खल्तीबाट टिकट्स लाइभ भइसकेको छ । भित्र पसेपछि ५५ वटा ब्रान्ड, रेस्टुरेण्टहरू र चार्जिङ फ्यासिलिटीज हेर्नुहुन्छ । साथीहरू र परिवारसँग आउनुस्, दिन रमाइलो बितोस् ।

नाइमाको उद्देश्य गाडी बेच्ने मात्र होइन । अटो शोको मेन पर्पज मेम्बर्सका लागि एउटै ठाउँमा ५५ वटा ब्राण्ड फेसिलिटेट गर्ने हो, तर त्यसबाहेक मेजर पर्पज लर्निङ सेसन हो । एफडीआई लगानी, रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, इन्स्योरेन्स, युथ आन्टरप्रेनरसिप र ट्राफिक सिचुएसनमा २ देखि ५ बजेसम्म दिनदिनै डिस्कसन हुन्छ । बिहान ११ बजे ब्लु पेभिलियन हलमा पोस्ट एक्सिडेन्ट म्यानेजमेन्ट ट्रेनिङ हुन्छ ।

0 Comments