काठमाडौँ । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ११:४५ बजे खैरहनी नगरपालिका-१ कयर खोला किनारमा रत्ननगर नगरपालिका-१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषन यादवका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । परियारको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।






