२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसद्को ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब (ओभम) निकालिएको गम्भीर र संवेदनशील घटना सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेन्चुरीले उक्त घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन् । सांसद सेन्चुरीले संसद्मा प्रस्तुत गर्नुभएको जानकारीअनुसार गत साउन १४ गते ती बालिकालाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नुतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएका थिए । पीडित बालिकाको महिनावारी चक्र (मेन्सुरेशन साइकल) ट्रयाक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको र अल्ट्रासाउण्डमार्फत डिम्ब निकालिएको सांसद सेन्चुरीले बताइन् ।

डिम्ब निष्कासनपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । उनी बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट र कम्मर दुख्ने तथा वान्ता हुने जस्ता समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । चिकित्सकहरूले स्वास्थ्य परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि गरेको सांसद सेन्चुरीले जानकारी दिइन्।

यस सम्बन्धमा पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र हाल उनीहरूले पीडित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ । सांसद सेन्चुरीले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र हदैसम्मको कानूनी कारबाही गरी पीडितलाई न्याय दिलाउन सभामुखमार्फत सरकारसँग माग गरेकी छन् ।

0 Comments