२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो 

अ+ अ-

काठमाडौँ । बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ ।

विशेषगरी गाउँपालिकाको वडा नम्बर-८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको छ । कास्की प्रहरीकाअनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्डहरू बगाएको छ ।

 वीरेठाँटी नजिकैको करिव १०० मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडकको जग नै बगाएका कारण पैदल यात्रीका लागिसमेत आवतजावत गर्ने बाटो बाँकी नरहेको प्रहरीले जनाएको छ । यसैगरी, बाढीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र एक मन्दिर समेत बगाएको छ । खोलाको बहाव बढेपछि सो क्षेत्रमा तीन जना व्यक्तिहरू अड्किएको र उनीहरूको उद्धारका लागि पहल भइरहेको बताइएको छ । 

वर्षा नरोकिएका कारण मोदी खोलाको सतह बढ्ने क्रम जारी रहेको र सडक सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । सुरक्षा निकायले सो क्षेत्रमा सतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । 

0 Comments