२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा गर्मी बढेसँगै सर्प दंशका घटना बढे, औषधि आपूर्ति थालियो

अ+ अ-

जनकपुरधाम । गर्मीसँगै मधेस प्रदेशमा सर्प दंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु गरिएको छ ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो ।

उनले सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिए । अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि पठाउन थालिएको छ ।

डा.यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको छ । 

“सर्पदंशविरुद्धको औषधि कुनै पनि उपचार केन्द्रमा अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको छ”, उनले भने । पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्प दंशका घटना बढेको पाइएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्प दंशका बिरामी उपचार गर्न आउने गरेका छन् । ग्रामीण क्षेत्रमा खेतबारी तथा घर वरपर सर्पको बढेसँगै जोखिम थपिएको उनले बताए । केही दिनअघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ ।

डा. सिहले सर्प दंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे । 

मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मीयाममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित तुल्याएको जनाइएको छ ।

0 Comments