३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा तालिबानद्वारा सत्ता पुनरागमनको पाँचौँ वार्षिकोत्सव मनाइयो

अ+ अ-

एजेन्सी । अफगानिस्तानमा सत्ता सम्हालेको पाँचौँ वार्षिकोत्सवको अवसरमा तालिबान सरकारले शनिवार देशभर ‘विजय दिवस’ मनाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई पराजित गरी सत्तामा फर्किएको दिनको स्मरणमा कडा सुरक्षा व्यवस्थाका बीच विभिन्न उत्सवहरू आयोजना गरिएका छन् ।

विजय दिवसको अवसरमा काबुलका सडकहरूमा सेता झण्डा बोकेका सुरक्षाकर्मीहरूले सवारी साधनसहित र्‍याली निकाल्दै नाराबाजी गरेका थिए । यस ऐतिहासिक दिनको महत्त्व झल्काउन सरकारले एक विशेष समारोहको आयोजना गरेको थियो । जसमा उच्चपदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा काबुलका विभिन्न स्थानमा सरकारी हेलिकप्टरमार्फत नागरिकहरूमाथि पुष्पवृष्टि समेत गरिएको थियो ।

सन् २०२१ अगस्ट १५ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको लामो युद्धपछि तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसको केही समयपछि, सन् २०२१ अगस्टको अन्त्यमा अन्तिम अमेरिकी सैनिकले अफगानिस्तान छोडेका थिए ।

सरकारले यस दिनको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। वार्षिकोत्सवको अवसरमा काबुललगायत अन्य प्रमुख सहरहरूमा खेलकुद प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना भइरहेका छन् । हालसम्म कुनै पनि सुरक्षा चुनौती वा अप्रिय घटनाको प्रतिवेदन प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । 

0 Comments