काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ ।
पार्टीले जारी गरेको परिपत्र अनुसार दुवै पार्टीको एकता पश्चात् बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।
पार्टीको सह अध्यक्षमा शरतसिंह भण्डारी, वरिष्ठ नेतामा रकम चेम्जोङ, उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रियता सोनार, निलम वर्मा परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन् । नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष, उपाध्यक्षसहित ३३ सदस्यीय पदाधिकारी रहेका छन् ।






