१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरमा चिकित्सकसहित नि:शुल्क एम्बुलेन्स सेवा शुरु, मन्त्री मेहताद्वारा शुभारम्भ

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा शुरु गरेको छ ।

आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पुर्‍याउँदा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

चिकित्सकसहित नि:शुल्क एम्बुलेन्स सेवाको सोमवार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुभारम्भ गरेकी छन् ।

मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन ल्याएर उदाहरणीय कामको सुरुवात गरेको बताइन् ।

चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनले आकस्मिक बिरामीको उपचारमा थप प्रभावकारिता ल्याउने उनको भनाई छ । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सकेमा धेरै गम्भीर क्षति रोक्न सकिने बताइन्। ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको उनको भनाई छ ।

ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

उनले भनिन्, ‘ललितपुर महानगरपालिकाले एउटा साँच्चिकै उदाहरणीय काम गर्न स्टार्ट गर्नुभएको छ । एम्बुलेन्स सर्भिस दिनु भनेको ठुलो कुरा होइन, धेरै नगरपालिकाहरूले पक्कै पनि प्रदान गरिरहनुभएको छ, तर एम्बुलेन्स सर्भिस विथ पारा-मेडिक्स मात्र होइन, एउटा अझै मेडिकल अफिसर या सुरक्षाकर्मीलाई नै स्वास्थ्यकर्मीलाई नै सँगै राखेर यो सर्भिस एडभाइस स्टार्ट गर्नु, सायद संसारमा फ्यु कन्ट्रिजहरुले मात्र यो स्टार्ट गरेको छ, त्यसमध्ये ललितपुर महानगरपालिकाले स्टार्ट गर्नु सबैका लागि गर्वको कुरा हो । जनप्रतिनिधि भइसकेपछि फर्स्ट प्रायोरिटी भनेकै हाम्रो पब्लिक हुनुहुन्छ । कसरी उहाँहरूलाई शत प्रतिशत आफ्नो सर्भिस दिन सक्छौ भन्ने नै हामी सबैको फर्स्ट प्रायोरिटी हुन्छ, त्यसैलाई आत्मसात् गरेर हाम्रो मेयरज्यूले धेरै नै उदाहरणीय कामहरू गर्नुभएको रहेछ । स्वास्थ्य मन्त्रालयको पनि प्रायोरिटी भनेको त्यही नै हो । म यहीँबाट भन्न चाहन्छु, ललितपुर महानगरपालिकालाई मन्त्रालयबाट के कति सहजीकरण गर्न सक्छौ, सहयोग गर्ने प्रतिबद्धता गर्न चाहन्छु, म बाट हुने सहजीकरण पक्कै पनि हुन्छ र गर्नु पनि पर्छ । एम्बुलेन्स सर्भिस जस्ट सर्भिस मात्र होइन, एभ्री मोमेन्ट कुनै पनि स्ट्रकको केस होस, यो हरेक मोमेन्ट, हरेक सेकेन्ड कति गोल्डेन मोमेन्ट हुन्छ । अलिकति टाइम ड्युरेसन भयो हामी हस्पिटलसम्म पुग्नलाई भने तल माथि जे पनि हुन सक्छ । गोल्डेन मोमेन्ट हुन्छ, त्यसमा । अहिले जताततै हस्पिटल इन्स्टिच्युटहरु धेरै नै छ, हामीसँग तर पनि ट्राफिक जाम हुन सक्ला या केही न केही अवरोध आउन सक्ला, त्यसमा हामीलाई पुग्नलाई अलिकति ढिलो भयो भने पनि ठूलो ड्रास्टिक, ठुलो दुर्घटना हुन सक्छ । त्यसमा एउटा हामीसँग हेल्पर्स कोही हुनुहुन्छ, हामीसँग स्वास्थ्यकर्मी हुनुहुन्छ भनेपछि त्यो मोमेन्टमा फस्ट एड मात्र हामीले प्रोभाइड गर्न सक्यौ भने हामी धेरै ठुलो दुर्घटना हुनबाट हामी जोगाउन सक्छौँ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताएका छन् । उनले यस्तो सेवा विश्वमै सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गरे । उनले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै आएको पनि जानकारी दिए ।

उनका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उनले जानकारी दिए ।

उनले भने, ‘चिकित्सक सहितको एम्बुलेन्स भन्ने नयाँ कन्सेप्ट हो । यो सायद संसारभरी २-३ वटा देशमा मात्रै होला, अरु सबैमा इएमटी भनेर पारामेडिक्सहरु हुन्छन् तर हामीले यो ललितपुर महानगरपालिकाले शुरु गर्न लागेको त्यो एकदमै सराहनीय छ । त्यसले गर्दा बिरामीको हाम्रो प्री हस्पिटल केयर जुन अस्पताल पुग्नु अगाडीको केयर हुन्छ, त्यसमा उल्लेखनीय सुधार हुनेछ भन्ने मलाई विश्वास लाग्दछ ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकातीमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा शुरु गर्ने अवधारणा अघि बढाइएको बताए । उनका अनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्स सेवा आपत्कालीन अवस्थाका बिरामीका लागि केन्द्रित हुने उनले जानकारी दिए।

चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पताल पुर्‍याउने व्यवस्था गरिएको उनको भनाई छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ ।
उनले भने, ‘ फिलिपिन्सको माकाती सहर भ्रमण गर्ने अवसर प्राप्त भयो । माकातीमा डाक्टरसहितको एम्बुलेन्स सेवा अत्यन्तै राम्रोसँग सञ्चालन भइरहेको रहेछ । ठ्याक्कै यस्तै सेवा त्यहाँ देखेपछि मलाई लाग्यो-हामीले पनि ललितपुर महानगरपालिकामा यस्तो सेवा किन शुरु नगर्ने ? त्यहाँबाट फर्किएपछि हामीले हाम्रा वडा अध्यक्ष साथीहरूसँग छलफल गर्‍यौँ । यो सेवा शुरु गर्ने विषयमा सहमति भयो । यसका लागि केही समय लाग्यो तर हालै सम्पन्न हाम्रो नवौँ नगरसभाबाट यो प्रस्ताव करतल ध्वनिका साथ पारित भयो र आवश्यक बजेटको व्यवस्थापन पनि गर्‍यौँ । नगरसभा असारमा सम्पन्न भएपछि श्रावण १ गतेदेखि नै सेवा शुरु गर्ने हाम्रो योजना थियो । तर यो काम सोचेजति सहज रहेनछ, यसका लागि धेरै तयारी र गृहकार्य गर्नुपर्ने रहेछ । हामीले सुरुमा सोचेजस्तो तयारी गर्न सकेनौँ । त्यसैले सेवा शुरु गर्नुअघि आवश्यक गृहकार्य गर्नुपर्ने कुरा महसुस भयो । हामीले एउटा कार्यविधि तयार गर्‍यौँ र अब यही कार्यविधिलाई अक्षरशः पालना गर्दै सेवा सञ्चालन गर्नेछौँ । आजदेखि यही कार्यविधिअन्तर्गत हाम्रो डाक्टरसहितको एम्बुलेन्स सेवा औपचारिक रूपमा शुरु भएको छ । यो सेवा सञ्चालन गर्नु आफैँमा एउटा अत्यन्त चुनौतीपूर्ण काम हो। धेरै गाह्रो काम हो । पैसा भएर मात्र, जनशक्ति भएर मात्र यस्तो सेवा सहज रूपमा सञ्चालन गर्न सकिँदैन । सेवा सञ्चालनका क्रममा विभिन्न समस्या आउन सक्छन्, कमजोरीहरू देखिन सक्छन्, केही त्रुटिहरू हुन सक्छन् । तर काम नै नगरी त हामी कसरी सफल हुन सक्छौँ र ? त्यसैले आजदेखि हामीले यो सेवाको सुरुवात गरेका छौँ । अब काम गर्दै जाँदा जहाँ-जहाँ समस्या देखिन्छ, त्यहाँ सुधार गर्दै जानेछौँ ।’

एम्बुलेन्स सञ्चालनको लागि महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको हो । एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा-सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । नगरप्रमुख महर्जनले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको बताए ।

0 Comments