१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट क्लब’, गाउँपालिकाका आकांक्षीलाई आवेदन खुला

अ+ अ-

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारको मूल्यांकन र छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ।

च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले क्लबको घोषणा गरेका हुन्। पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आवेदन खुला गरिएको छ।

आकांक्षीले पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सक्ने लामिछानेले जानकारी दिए।

क्यान्डिडेट क्लबमा आबद्ध आकांक्षीको राजनीतिक योग्यता र क्षमतासँगै कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थाको मूल्यांकन गरिने रास्वपाले जनाएको छ। उम्मेदवार छनोटअघि सम्भावित विवाद, कानुनी जटिलता र अन्य जोखिम पहिचान गर्ने उद्देश्यले उक्त प्रक्रिया अघि सारिएको हो।

‘उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने कुरा जान्न जरुरी रहेछ,’ लामिछानेले भने।

क्लबमार्फत विभिन्न मापदण्डका आधारमा आकांक्षीको परीक्षण गरी योग्य र सक्षम उम्मेदवार छनोट गर्न सहयोग पुग्ने उनको भनाइ छ।

पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा योग्यतामा आधारित प्रणाली स्थापित गर्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको लामिछानेले बताए।

‘पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा ल्याएका हौँ,’ उनले भने।

कार्यक्रमको सुरुवात गाउँपालिकाबाट गरिएको र आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिकाअन्तर्गतका पदमा उम्मेदवारी दिन चाहनेले क्लबमा आवेदन दिन सक्ने रास्वपाले जनाएको छ।

सभापति लामिछानेले क्यान्डिडेट क्लबलाई पार्टीभित्रको उम्मेदवार छनोट प्रक्रियामा मात्र सीमित नराखी समग्र नेपाली राजनीतिमा योग्य नेतृत्व विकास गर्ने माध्यम बनाउने उद्देश्य रहेको बताए।

0 Comments