६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेले मानेको जबज भनेको पुँजीवाद हो’-झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद पुँजीवादी जनवाद भएको टिप्पणी गरेका छन् । 

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पनि पुँजीबाद नै भएको बताएका हुन् । उनले आफू लामो समय एमालेमा रहँदा नयाँ जनवादका लागि संघर्ष गरेको स्मरण गर्दै एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको बहुदलीय जनवादको कार्यक्रममा भिन्न मत राखेको बताए । २०६२/६३ को जनआन्दोलनपछि जनवादी क्रान्ति सम्पन्न भएको अवस्थामा समाजवादी क्रान्तिको चरणमा बहुदलीय जनवादको निरन्तरता आवश्यक नरहेको उनको भनाई छ । खनालले अहिले पनि एमाले बहुदलीय जनवादकै विचारमा अघि बढिरहेको भन्दै पार्टी नेतृत्व र विचारमा परिवर्तन नआए एमाले ध्वस्त हुने दाबी गरे ।

उनले भने, ‘म नेकपा एमालेमा लामो समय बसेँ । नयाँ जनवादका निम्ति लड्दै आएँ । पाँचौँ महाधिवेशनमा आइपुग्दा कमरेड मदन भण्डारीले नयाँ जनवाद भनेको एक दलीय जनवाद हो, बहुदलीय जनवाद अपनाउनुपर्छ’ भनेर उहाँले बहुदलीय जनवादी कार्यक्रम ल्याउनुभयो । त्यसवेला पनि मैले यसका विरुद्ध भिन्न मत राखेर मैले सङ्घर्ष गरेँ । त्यति वेला मलाई के लागेको थियो भने यो जनवादी क्रान्तिको कार्यक्रमको रूपमा ल्याइएको छ, अब ६२–६३ मा त्यो क्रान्ति सम्पन्न भयो । अब समाजवादी क्रान्तिको क्रममा यस्तो कुरा नआउला भनेको, त्यसपछि पनि बहुदलीय जनवाद, हेर्नुस् न अहिले एमाले । बहुदलीय जनवाद, बहुदलीय जनवाद भनेर गए केपी ओली, अहिले त्यो बेहाल छ, त्यो पार्टी । अहिले पनि हामीभन्दा ठुलै होला एमाले तर ठूलो भए पनि विष्फोटक अवस्थामा पुगिरहेको छ, त्यो पार्टीको नेतृत्व त्यही अवस्थामा रही रहे यिनै विचारले रहिरह्यो भने त्यो पार्टी ध्वस्त हुन्छ । त्यसो हुनाले यो बहुदलीय जनवाद भनेको पुँजीवाद हो । बहुदलीय जनवाद भनेको अर्को शब्दमा पुँजीवादी जनवाद हो । हामीले जाने भनेको त वैज्ञानिक समाजवाद भनेको समाजवादी लोकतन्त्र हो । कम्युनिष्टहरू भनेको नै समाजवादी लोकतन्त्रका पक्षधरहरू हुन् । जति वेला हामीले समाजवादी लोकतन्त्र प्राप्त गर्छौँ, त्यो लोकतन्त्रको पनि सर्वोच्च रूप हो । त्यहाँभन्दा उँभो कुनै लोकतन्त्र हुँदैन ।’

उनले कम्युनिष्टहरुको समाजवादको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्र भएको बताए । विद्यमान लोकतान्त्रिक व्यवस्थालाई पुँजीवादी लोकतन्त्रको निरन्तरता भएकोले यसलाई परिवर्तन गरेर समाजवादी लोकतन्त्र स्थापना गर्न लाग्नुपर्ने उनको भनाई छ ।  

0 Comments