काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।






