९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधिमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह, भने, ‘सरकार साथमा छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि सरकारको प्राथमिकतामा रहेको बताउँदै स्वदेशमै लगानी विस्तार गर्न युवा उद्यमीलाई आग्रह गरेका छन्। उद्यमीले कानुनी र विदेशी मुद्रा सटहीका समस्या समाधान गर्न माग गरेका छन्।

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका छन्।

मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी सूचना प्रविधि उद्यमीसँग भएको छलफलमा उनले यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा कानुनी सहजीकरण गर्न सरकार तयार रहेको बताएका हुन्।

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईँ युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” अर्थमन्त्री वाग्लेले भनेका छन्, “सरकार तपाईँको साथमा छ। के-के गर्नुपर्ने हो भन्नुहोस्।”

विगतमा नेपालले कृषिजन्य वस्तुको उत्पादन र निर्यातमा लामो समय तथा ठूलो लगानी गरेको उल्लेख गर्दै वाग्लेले सूचना प्रविधिबाट तुलनात्मक रूपमा छोटो समयमा प्रतिफल प्राप्त गर्न सकिने बताएका छन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधिलाई विशेष प्राथमिकता दिएको, कृत्रिम बौद्धिकता (एआई) विकासका लागि बजेट विनियोजन गरेको र युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको उनको भनाइ छ।

“तपाईँहरूको कुरा भन्नुहोस्। तपाईँहरूको क्षेत्र फलोस्-फुलोस्। युवाहरू बिदेसिन नपरोस्। अहिले अवस्था कस्तो छ ? सरकारले के गरिदिनुपर्‍यो भन्नुहोस्,” उनले उद्यमीहरूसँग भनेका छन्।

सरकारले विश्वस्तरीय सूचना प्रविधि कम्पनीलाई नेपालमा आकर्षित गर्ने पहल गरिरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन्। नेपाललाई सूचना प्रविधिको मूल्य शृङ्खला विकास हुने केन्द्रका रूपमा स्थापित गर्ने सरकारी रणनीति रहेको उनले बताएका छन्।

यस क्षेत्रमा काम गर्ने क्रममा देखिने नीतिगत र व्यावहारिक समस्या क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाउँदै उनले उद्यमीलाई आफ्ना समस्या खुलस्त राख्न र सरकारसँग सहकार्य गर्न आग्रह गरेका छन्।

छलफलमा सहभागी सूचना प्रविधि उद्यमीले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेकोमा सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले सूचना प्रविधि उद्योगको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन एकलविन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने माग गरेका छन्।

विदेशी मुद्रा सटही सुविधा सहज बनाउनुपर्ने तथा व्यवसाय सञ्चालन र लगानीसँग सम्बन्धित कानुनी जटिलता हटाउनुपर्नेमा पनि उद्यमीहरूले जोड दिएका छन्।

0 Comments