१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा नगरपालिकामा भोलि सार्वजनिक बिदा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए। 

“गौरा पर्व यहाँको प्रमुख पर्वका अवसरमा पालिकाले एक दिन स्थानीय बिदा गरेको हो”, उनले भने, “बिदामा अत्यावश्यक सेवाबाहेकमा सेवा बन्द रहनेछन् ।” मङ्गलबार पञ्चमीका दिनदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको दोस्रो दिन आज व्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदै छन् । गौरा पर्वको तेस्रो दिन भोलि व्रतालु महिलाले गौरादेवीलाई गौरा घरमा भित्र्याएर पूजाआजा गर्ने गर्छन् । 

प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती(गौरी)लाई गौरा देवीको रूपमा पूजा गरिँदै आएको छ । 

गौराकै अवसरमा सुदूरपश्चिममा देउडा खेलसमेत हुने गरेको छ । महिलाले गौराको व्रत बस्ने गरेका छन् भने पुरुषले यो सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारी खेल खेल्ने गरेका छन् ।

0 Comments