१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितलाई नि:शुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

अ+ अ-

चितवन । चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् ।

नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउछिन् ।

अहिले भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उनको सुझाव छ । उनले भनिन्, “आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।” सकेसम्म आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उनले सम्भव नभए तत्काल सफा गरेर समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताइन् ।

यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई नि:शुल्क आँखा उपचार सेवा दिएको छ । अस्पतालका अध्यक्ष एवं संघका सभापति जयराम श्रेष्ठले संघद्वारा सञ्चालित आँखा अस्पतालमा प्रभावितलाई नि:शुल्क सेवा दिइएको बताए। अस्पतालको धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरीनटार, तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र रहेको छ । भरतपुर आँखा अस्पतालमा आएर सेवा लिन सक्ने उनले बताए।

सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा शिविरको आवश्यकता भएमा एकल वा अन्य संघसंस्थासँग साझेदारीमा शिविरमार्फत नि:शुल्क सेवा दिइने बताए ।

0 Comments