१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्ति लोकपथमा पहिरोको सास्ती: सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्याधिक बढेको छ । 

अत्याधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो राजमार्ग सञ्चालनमा चुनौती थपिएको हो । हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । 

विशेष गरी हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौँबाट खाली फर्किएका सवारी साधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ । 

काठमाडौँको एकान्त कुना, टीकाभैरव, ठिंगन हुँदै हेटौँडा जोड्ने यो सडक खण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको हो । 

कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई सुचारु राख्न विभिन्न खण्डमा जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ । टीका भैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ । त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा पनि निर्माण व्यवसायीमार्फत उपकरणहरू परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । टार्कुचेदेखि बागमती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुई वटा लोडर तैनाथ राखिएका छन् । 

मकवानपुर खण्डतर्फ ठिंगनदेखि हेटौँडासम्मको सडक तुलनात्मक रूपमा सुरक्षित र कालोपत्रे भइसकेकाले त्यहाँ आवागमन केही सहज छ । यद्यपि, लेबडाँडा र सिमाद खोला आसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले जानकारी दिए । सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली अहोरात्र खटिएर सडक सुचारु राख्ने प्रयास गरिरहेको उनको भनाइ छ । 

सडकको विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहनुभएका सब-कन्ट्रयाक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तरको पहिरोले काममा बाधा पुर्‍याइरहेको छ । हाल दुई वटा स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक अवरुद्ध हुन नदिन १०-१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने कार्य जारी राखिएको छ । यद्यपि, पहिरोको माटो फाल्ने उचित स्थान (डम्पिङ साइट) को अभाव र स्थानीय वन समिति तथा खानेपानी उपभोक्ताहरूको अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताए ।

निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिमका कारण निर्माणाधीन यस सडकमा हाल निर्माणका कामहरू ठप्प भएका छन् । झन्डै १५० जना मजदुरहरू काम छोडेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधारा जस्ता ठूला पहिरोहरूले सडकलाई अझै जोखिमपूर्ण बनाएका छन् ।

अहिलेको विपद्को समयमा कान्ति लोकपथलाई ‘सर्भिसेबल’ (चलायमान) बनाउनु नै मुख्य प्राथमिकता रहेको प्राविधिकहरूको भनाइ छ ।

पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस सडकमा चाप नघट्ने र त्यसपछि मात्र रोकिएका निर्माण कार्यहरू पुनः अगाडि बढाउन सकिने देखिन्छ ।

0 Comments