२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अ+ अ-

काठमाडौँ । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताए ।

उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेका थिए । तीमध्ये धेरैलाई सानै उमेरमा जङ्गलबाट समातिएको थियो । पश्चिम अफ्रिकामा गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छन् । सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त संकटापन्न प्रजातिका रूपमा वर्गीकरण गरिएको छ ।

रिकोटेका अनुसार ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप हुने खालका अनुसन्धानमा प्रयोग गरिएको थियो र उनीहरूले लामो समयसम्म विभिन्न परीक्षण तथा पीडा सहनुपरेको थियो । ‘ह्युमेन वल्र्ड फर एनिमल्स’ का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो । हाल ती चिम्पान्जी म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन् ।

एनेस्थेसिया दिएर गरिएको स्वास्थ्य परीक्षणमा चिम्पान्जीको टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो । संस्थाका अनुसार परीक्षणको उद्देश्य दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षण पहिचान गर्नु र उमेर बढ्दै जाँदा प्रत्येक चिम्पान्जीका लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो ।

परीक्षणमा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरिएको थियो । उनीहरूलाई बुस्टर खोप दिइनुका साथै नङसमेत काटिएको संस्थाले जनाएको छ । बाँकी चिम्पान्जीको पनि स्वास्थ्य परीक्षण गर्ने योजना रहेको छ । संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीको स्वास्थ्य जाँच उनीहरूको हेरचाहको महत्त्वपूर्ण हिस्सा भएको बताए ।

हाल ती चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ । विगतमा गरिएको अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे परीक्षणको विस्तृत नतिजा आउन बाँकी रहेको बताइएको छ । रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाको प्रभाव अझै देख्न सकिन्छ । उनले ती चिम्पान्जीलाई सम्मानजनक जीवन जिउने दोस्रो अवसर प्रदान गर्न पाउँदा आफू खुसी भएको बताए ।

0 Comments