२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् । उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरे । 

रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसँग सम्बन्धित विद्यमान व्यवस्थाका कारण निजी स्वास्थ्य संस्थाले अनावश्यक प्रशासनिक झण्झट व्यहोर्नुपरेको गुनासो गरे । 

भेटमा निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यावहारिक हुने उनीहरूको भनाइ थियो । अस्पतालको नवीकरणका लागि पटक–पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा असहजता सिर्जना गरेको उनीहरूले जानकारी समेत गराए। 

तिनाउ अस्पताल बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउने विषयसँगै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति लिनुपर्ने बताए।

उनले निजी अस्पताल र स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । 

भेटमा निजी अस्पताल सञ्चालकले नवनियुक्त स्वास्थ्य मन्त्री पुनलाई कार्यकालको शुभकामना दिँदै निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य गरी देखिने गरी सुधारका काम अघि बढाउन आग्रह गरेका थिए ।

उनीहरूले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहर मैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने तथा निजी स्वास्थ्य संस्थाका समस्या समाधानका लागि नियमित संवादको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका थिए । 

निजी अस्पताल सञ्चालकले राखेका माग र सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल तथा सहजीकरण गर्ने बताएका थिए ।  

0 Comments