२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा २५५ जनामा डेंगु संक्रमण पुष्टि

अ+ अ-

पाल्पा । यहाँका २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए। 

पछिल्ला वर्षमा यहाँ डेंगु संक्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि संक्रमण सङ्ख्या उल्लेख्य छ ।  आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई महिनामै २५५ जनामा संक्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेंगुको जोखिम उच्च रहेको संकेत गरेको छ । 

वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेंगु फैलाउने एडिस जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले संक्रमण जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तन तथा डेङ्गु परीक्षणको दायरा बढेकाले संक्रमण संख्या बढी देखिएको बताए । उनका अनुसार पछिल्लो समय डेंगु परीक्षण सहज बन्दै गएपछि संक्रमण पहिचान हुने क्रमसमेत बढेको छ ।

पाल्पाको युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पतालमा आएका बिरामीमा डेङुगु सङ्क्रमण देखिएको छ । 

कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेंगुको परीक्षण हुन्छ । डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा लामखुट्टेले फूल पार्ने गर्दछ । 

फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको बताइन्छ । 

स्वास्थ्य कार्यालयले डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेंगु रोगको जोखिमसमेत बढ्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेंगुलगायतका विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा सबैले ध्यान दिन आग्रह गरे । 

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उनले सुझाव दिए। 

त्यस्तै घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि प्रमुख ढकालले सबैलाई अनुरोध गरे । 

0 Comments