२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत

अ+ अ-

दमौली (तनहुँ) । व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको ८९ प्रतिशत भौतिक प्रगति र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ । 

हालसम्म उक्त आयोजनामा रु पाँच करोड ६९ लाख तीन हजार ३३७ खर्च भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।  

उनका अनुसार मूल्य अभिवृद्धि करसहित आयोजना निर्माणका लागि रु ८ करोड ६४ लाख ७९ हजार २३६ मा ठेक्का लागेको थियो । २०८१ वैशाख १२ गते सम्झौता गरिएकामा २०८३ असोज ३१ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद  छ । 

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। 

प्रमुख न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो । 

नगरपालिकाले आयोजना निर्माणका लागि २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौता अनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने छन् । 

जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार ८१४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा २३१ लाभग्राहीका ३४७ कित्ता समावेश गरिएको छ । 

प्रत्येक जग्गाधनीहरूले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जग्गाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरूलाई अस्थायी जग्गाधनी प्रमाणपूर्जासहित जग्गा फिर्ता गरिनेछ ।

त्यसपछि पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ ।

0 Comments