२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट बाढीपीडितका लागि आउने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानी नि:शुल्क गर्ने निर्णय गरेको छ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि छुट दिने भएको हो।

नि:शुल्क ढुवानी सुविधा प्राप्त गर्न राहत सामग्री पठाइने मुलुकस्थित नेपाली दूतावास वा सम्बन्धित दूतावाससँग समन्वय गर्नुपर्ने निगमले जनाएको छ।

दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने सामग्रीमा मात्र ढुवानी शुल्क छुट दिइनेछ। यसबाट राहतका नाममा हुन सक्ने दुरुपयोग नियन्त्रण गर्दै वास्तविक सहायता प्रभावित नागरिकसम्म पुर्‍याउन सहज हुने निगमको अपेक्षा छ।

शुल्क छुटको सुविधाअन्तर्गत खाद्यान्न, औषधि, लत्ताकपडा तथा विपद् प्रभावित समुदायका लागि आवश्यक अन्य राहत सामग्री नेपाल ल्याउन सकिनेछ।

सम्बन्धित दूतावासबाट राहत प्रयोजन प्रमाणित भएपछि निगमका अन्तर्राष्ट्रिय उडानमार्फत ती सामग्री नि:शुल्क ढुवानी गरिने जनाइएको छ।

विपद्का बेला विदेशस्थित व्यक्ति, संस्था तथा समुदायबाट प्राप्त हुने मानवीय सहयोगलाई छिटो र प्रभावकारी रूपमा नेपाल भित्र्याउन यो निर्णय गरिएको निगमले जनाएको छ।

हवाई ढुवानी शुल्क छुटबाट विभिन्न मुलुक तथा सङ्घसंस्थाले पठाउने राहत सामग्री शीघ्र नेपाल ल्याई प्रभावित समुदायसम्म पुर्‍याउन सहयोग पुग्ने निगमको विश्वास छ।

0 Comments