६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 फिर्खोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकाले फिर्कखोलाको खोला घरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुनः ताकेता गरेको छ । 

सोमबार अन्तिम पटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ । 

यसअघि गत साउन २० गते सार्वजनिक सूचनामार्फत भदौ १५ गतेभित्र संरचना हटाउन निर्देशन दिइएकामा भोटेकोशी–त्रिशूली बाढीले निम्ताएको विपत्ति र वर्षायामका कारण संरचना हटाउन केही ढिलाइ भएको महानगरले जनाएको छ । 

पोखरा–१८ को अँधेरी कुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना अझै यथावत छन् ।

मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन महानगरले पटक पटक ताकेता गर्दै आएको छ । समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ ।

फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाएर पैदल मार्ग र साइकल लेनसहितको फिर्के खोला करिडोर निर्माण गर्ने महानगरको योजना छ । फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ । 

बढ्दो अतिक्रमण, प्रदूषण, फोहर मैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएकामा संरक्षणकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् । 

0 Comments