७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साविककै पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। तर, शाक्यले माग गरेको अन्तरिम आदेश भने तत्काल जारी गर्न सर्वोच्चले अस्वीकार गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार शाक्यको रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका विपक्षीका नाममा आदेश दिएको हो।

अदालतले अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्षको बहस सुनेपछि निर्णय गर्नु उपयुक्त हुने ठहर गरेको छ। त्यसका लागि सर्वोच्चले आगामी असोज १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।

शाक्यले आफूलाई प्राधिकरणको पूर्वकार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले बालेन शाह नेतृत्वको तत्कालीन सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ निष्क्रिय भइसकेको अवस्थामा आफ्नो यसअघिको नियुक्ति स्वतः कायम हुनुपर्ने दाबी गरेका छन्।

रिटमा आफूलाई साविककै पदमा कायम गर्नुपर्ने माग गरिएको छ। सर्वोच्चले विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि तथा दुवै पक्षको बहस सुनेर अन्तरिम आदेशको विषयमा निर्णय गर्ने भएको छ।

हालका लागि भने शाक्यलाई साविक पदमा पुनर्बहाली गर्ने गरी कुनै अन्तरिम आदेश जारी भएको छैन।

0 Comments