७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसका यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइयो

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र पठाइएको छ । 

मधेसको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण तथा आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । 

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै स्मार्ट कार्ड यातायात व्यवस्था कार्यालय गौरका लागि १ हजार १९१ थान र वीरगञ्जका लागि १ हजार १७२ थान पठाइएको छ । त्यसैगरी जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिबासका लागि ३०३, राजविराजका लागि ५२, मलंगवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट कार्ड छुट्याइएको छ । श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सेवाग्राहीलाई लामो समयसम्म लाइसेन्सको प्रतीक्षामा बस्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले उपलब्ध कार्डलाई सम्बन्धित कार्यालयमार्फत व्यवस्थित रूपमा वितरण गर्ने प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँकाअनुसार सवारी चालक अनुमतिपत्र वितरणमा देखिँदै आएको ढिलाइ घटाउँदै सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

मन्त्रालयले सम्बन्धित यातायात कार्यालयका प्रतिनिधिलाई स्मार्ट कार्ड बुझिलिई कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी सेवाग्राहीलाई वितरण गर्न निर्देशन दिएको छ । 

0 Comments