९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला कबड्डीमा नेपाल काँस्यमै सिमित, भारतसँग ४८-२४ को फराकिलो अन्तरले पराजित

अ अ+ अ-

काठमाडौँ । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औँ एसियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ ।

टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८-२४ को फराकिलो अन्तरले पराजित भएको हो । 

यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औँ संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो । 

यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन । 

यसअघि समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले काँस्य पदक सुरक्षित गरेको हो । भारतले पहिलो हाफमा ३१-१७ को अग्रता बनाएको थियो ।

सुरुवाती पाँच मिनेटसम्म नेपाली खेलाडीले निकै चुनौती दिए । तर भारत ९-५ ले अगाडि नै रह्यो । यसपछि भने भारतीय खेलाडी हाबी हुन थाले । जसको कारण पहिलो हाफमा नेपाल दुई पल्ट अलआउट हुन पुग्यो । भारतले चार र नेपालले तीन बोनस अंक पाए । नेपालले एकपल्ट सुपर ट्याकल पनि गर्‍यो । तर पनि नेपाली टोली १४ अंकले पछि रह्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्किने आशा थियो । तथापि नेपाली खेलाडी चल्न सकेनन् । यससँगै नेपालले ७ अंक मात्र जोड्न सक्यो ।

भारतले भने थप १७ अंक जोड्दै सहज जितसँगै स्वर्ण पदकका लागि फाइनलमा स्थान बनायो । समूहचरणमा नेपालले कुल तीन खेलमध्ये दुई खेलमा जित निकालेको थियो । समूह ‘बी’ को नेपालले थाइल्याण्डलाई ४६-४३ र श्रीलंकालाई ३४-२५ ले हराउँदा सेमिफाइनलको यात्रा पक्का गरेको हो । 

0 Comments