११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री प्रजापतिको प्रश्न : ‘संघीयता कार्यान्वयनका ९ वर्षसम्म कार्यशैलीमा सुधार आएन, अझै कति पर्खिनुपर्ने हो ?’

अ अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले संघीयता कार्यान्वयन भएको ९ वर्ष बित्न लाग्दासमेत तीन तहका सरकारबीचको कार्यशैली र समन्वयमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।

आइतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतिले यस्तो बताएका हुन् । उनले उद्योग, पर्यटन तथा यातायात क्षेत्रका काममा संघ, प्रदेश र स्थानीय सरकारबीच द्वन्द्वजस्तो अवस्था देखिएको टिप्पणी गरे ।

उनले तीन तहको सरकारबीच पर्याप्त समन्वय हुन नसक्दा सेवा प्रवाह र पूर्वाधार विकासका काम समेत प्रभावित हुने गरेको बताए । संघीय शासन प्रणालीमा यसरी तीन तहको सरकारबीच समन्वय नहुँदा ठिक ढंगले राज्य सञ्चालन गर्न कठिन हुने उनको भनाइ छ । उनले जिम्मेवारीमा रहेको व्यक्तिले प्रभावकारी राज्य सञ्चालनप्रति जिम्मेवार र गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ । उनले बागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताए । सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी तथा नवीकरण र सवारीसाधनको ब्लुबुक नवीकरण गर्ने सफ्टवेयरमा समस्या आउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको कुरामा समेत आफू गम्भीर रहेको उनको भनाइ छ ।

मन्त्री प्रजापतिले उद्योग तथा पर्यटन क्षेत्रमा समेत संघीय सरकारसँग पर्याप्त समन्वय हुन नसकेको उनले बताए । उनले १० भदौको रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन तथ्यांक समेत प्रदेश सरकार नरहेको उल्लेख गरे ।

कानूनी जटिलता र संघीय सरकारसँगको समन्वय अभावका कारण तथ्यांक संकलनमा समस्या उनको भनाइ छ ।

उनले भने, ‘अहिले खास गरी संघ, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त मात्रामा समन्वय हुन सकेको छैन भन्ने आभास हुन्छ । मैले काम गर्दा खेरी उद्योग, पर्यटन र यातायातको क्षेत्रमा कतै संघ सरकारसँग द्वन्द्व, कतै प्रदेश र कतै स्थानीय सरकारसँग द्वन्द्व भएको जस्तो लाग्छ । यसरी राष्ट्र चल्दैन जस्तो लाग्छ । किनभने अहिले संघीयता लागू भएको ९ वर्ष पुग्न लागिसक्यो । यदि ९ वर्षसम्म पनि हामीले काम गर्ने तरिकालाई सुधार्न सक्दैनौँ भने अब अरू कति वर्ष लिने ? मलाई यो विषयमा पीडा हुन्छ । यसको जिम्मेवारी म आफैँले लिनुपर्छ जस्तो पनि लाग्छ । किनभने अहिले मैले जिम्मेवारी लिएको छु, मैले गर्न सक्दिनँ भनेर मैले सुख पाउने पाउँदिन । त्यसकारण हामी बागमती प्रदेशको यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि खटेका छौँ । यातायात मन्त्रालयका सचिवज्यूले पनि धेरै गर्नुभएको छ । सवारीको लाइसेन्स बनाउने तथा नवीकरण गर्ने, ब्लुबुकहरु नवीकरण गर्ने सफ्टवेयरमा केही समस्या आएको छ । त्यसकारण सेवाग्राहीलाई सेवा दिनसक्ने अवस्थामा छैनौँ । यसको समाधानको लागि हामी खटिरहनुभएको छ । उद्योग क्षेत्रमा पनि समन्वय छैन । अस्ति बाढीमा कति जनाको मृत्यु भयो रु पर्यटक तथा व्यवसायी कतिको मृत्यु भएको भन्ने कुराको तथ्यांक हामीसँग छैन । कानूनी अड्चन रसंघीय सरकारसँगको समन्वयको अभावले अहिले हामी त्यो तथ्यांक संकलन गर्ने अवस्थामा छैनौँ ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

0 Comments