११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षापछिको काठमाडौँ बादल फाट्यो, हिमाल खुले

अ अ+ अ-

काठमाडौँ । गत बिहीवारदेखि लगातार परिरहेको अविरल वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको मौसममा आज सुधार आएको छ ।

झरीका कारण केही दिनदेखि प्रभावित बनेको जनजीवन र धुम्मिएको उपत्यकाको आकाश खुलेसँगै यहाँबाट देखिने हिमश्रृंखलाहरू पुनः स्पष्ट र मनमोहक देखिएका छन् ।

काठमाडौँ उपत्यकामा विगत केही दिनयता परेको वर्षाका कारण जनजीवन कष्टकर बनेको थियो ।

अविरल वर्षाले चिसो बढाउनुका साथै आवतजावतमा समेत समस्या खडा गरेको थियो । यद्यपि आज दिउँसोबाट बादल फाट्न थालेपछि र घाम लाग्न थालेपछि मौसममा उल्लेख्य सुधार देखिएको छ ।

मौसमविद्हरूका अनुसार वायुमण्डलीय चापमा आएको परिवर्तनसँगै वर्षा गराउने प्रणाली कमजोर बनेकाले मौसम खुल्न पुगेको हो । मौसम सफा भएसँगै उपत्यकाको वरिपरि रहेका अग्ला डाँडाकाँडा र तिनका पछाडिबाट उदाएका लस्करै हिमश्रृंखलाहरूले काठमाडौँको सौन्दर्यलाई पुनः फर्काएका छन् ।

लामो समयदेखि बादलले छोपिएका हिमालहरू प्रष्ट देखिन थालेपछि उपत्यकावासीले खुसी व्यक्त गरिरहेका छन् ।

वर्षा रोकिएसँगै सवारी आवागमन र सार्वजनिक गतिविधिहरू पनि सामान्य लयमा फर्किएका छन् । केही दिनदेखिको चिसो र हिलोबाट हैरान बनेका स्थानीयहरू घामको न्यानोपनसँगै हिमालको दृश्यमा रमाएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा मौसम थप अनुकूल हुने संकेत गरेको छ, जसले गर्दा जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि पश्चिमी क्षेत्रमा पनि अझै वर्षा भइरहेको छ । सोमवारसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

0 Comments