काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
सो मिसनमा सहभागी श्री नयाँ गोरख गण १५औँ डफ्फालाई बदली गर्न श्री नारायण दल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०३ नेपाली शान्ति सैनिक आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन् ।



