१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम रोक्न प्रभु साहको माग

अ अ+ अ-

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने र घरायसी प्रयोजनका सामान खोस्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो व्यवहार रोक्न सरकारसँग माग गरेका छन्।

आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले स्थलमार्ग र हवाईमार्गबाट सामान ल्याउने यात्रुप्रति फरक व्यवहार गरिएको दाबी गरेका छन्। भारतबाट स्थलमार्ग हुँदै सामान्य घरायसी सामान ल्याउने सर्वसाधारणले सास्ती खेप्नुपरेको उनको भनाइ छ।

‘भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौँ,’ उनले भनेका छन्।

साहले हवाईमार्गबाट आउने यात्रुले महँगा सामान ल्याउन पाउने तर सीमावर्ती नाकाबाट पाँच–दश हजार रुपैयाँका घरायसी सामान ल्याउँदा पनि खोसिने गरेको आरोप लगाएका छन्।

सीमा सुरक्षाको परिचालनमाथि प्रश्न
साहले तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाइएको भन्दै त्यसको उद्देश्य र परिचालनको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। नेपालको सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएकाले उत्तरी सीमाको सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले सुस्ता र कालापानीको प्रसंग उठाउँदै सीमा सुरक्षाका लागि संवेदनशील भूभागमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताएका छन्। तराईका नाकामा सुरक्षाकर्मी थप्ने काम सर्वसाधारणलाई दुःख दिने माध्यम बन्न नहुनेमा उनले जोड दिएका छन्।

किसानको भुक्तानी र पीडितसँगका सम्झौता कार्यान्वयन गर्न माग
साहले किसानलाई आवश्यक मल, बजार र उत्पादनको उचित मूल्य उपलब्ध गराउन सरकार असफल भएको आरोप पनि लगाएका छन्। उखु, मकैलगायत कृषि उपज बिक्री गरिसकेपछि समेत किसानले लामो समयसम्म भुक्तानी पाउन नसकेको उनको दाबी छ।

कृषि उत्पादनका लागि आवश्यक सामग्रीको उपलब्धता, बजारको सुनिश्चितता र बिक्री भएको उपजको भुक्तानीमा सरकारले जिम्मेवारी लिनुपर्ने उनले बताएका छन्।

सहकारी तथा लघुवित्त पीडितसँग गरिएका सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै साहले समस्या समाधानका लागि ठोस कदम चाल्न माग गरेका छन्।

‘सम्झौता जुन हातले गर्नुभएको छ कार्यान्वयन त्यही हातले गर्नुस्, अनि मात्र हामी विश्वास गर्छौँ, जनताले विश्वास गर्छ,’ उनले भनेका छन्।

‘दुई तिहाइको ताकतलाई परिणाममा बदल्नुस्’
साहले सरकारको राजनीतिक शक्तिअनुसार जनताले काम र परिणाम खोजिरहेको बताएका छन्। उनले दुई तिहाइको शक्तिलाई बोझका रूपमा नभई प्रतिबद्धता कार्यान्वयन गर्ने अवसरका रूपमा लिन सरकारलाई आग्रह गरेका छन्।

‘दुई तिहाइको ताकत छ, यसलाई परिणाममा बदल्नुस् । दुई तिहाइको बोझ जस्तो नठान्नुस्,’ उनले भनेका छन्।

सरकारले एक सय दिनमा गर्ने भनेर घोषणा गरेका काम छ महिना पुग्दासमेत पूरा गर्न नसकेको साहको आरोप छ। उनले सरकारले आफ्नै कार्यसम्पादन मूल्यांकनमा समेत सन्तोषजनक नतिजा देखाउन नसकेको दाबी गर्दै निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न माग गरेका छन्।

0 Comments