२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विपद्लाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्छ’: मन्त्री गौतम

अ अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्का घटनालाई केन्द्रमा राख्दै कानुन निर्माण गर्नुपर्ने बताएकी छिन् ।

प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा बोल्दै उनले विपद्का घटना बढ्दै गए पनि विगतका चेतावनीलाई गम्भीर रूपमा लिन नसकिएको बताइन् ।

“विगतको १०–१२ वर्षको विपद्को वार्निङ निरन्तर थियो, हामीले कति सुन्यौँ, कति सुनेनौँ ” मन्त्री गौतमले भनिन्, “जुरेको पर्वत, मेलम्चीको पहिरो, थामेको बाढीदेखि रोशी खोलासम्मको इतिहास हेर्दा नदी करिडोर र राजमार्ग क्षेत्रमा पटक–पटक ठूलो विपद् आएको छ । भोटेकोशी र रसुवामा आएको बाढीले सबैलाई झक्झकाइ दिएको छ ।”

मन्त्री गौतमले कानुन निर्माण गर्दा मात्र नभई राज्यका हरेक कामकारबाहीमा विपद्लाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भोटेकोशी विपद्पछि हराइरहेका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुनी प्रक्रियाका विषयमा कानुन मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)सँग निरन्तर छलफल गरिरहेको जानकारी दिए ।

मृत्यु घोषणासम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता र पञ्जीकरण ऐनलगायत कानुनमा रहेको उल्लेख गर्दै उनले विपद्को तत्कालीन अवस्थामा कानुन संशोधन गर्नु उपयुक्त हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयसमेत विचारणीय रहेको बताइन् ।

“त्यति बेला शव व्यवस्थापनकै विषयमा वादविवाद थियो । निजी क्षेत्रबाट फ्रिजको उपलब्धताका विषय पनि उठेका थिए । तत्कालीन अवस्थामा शव व्यवस्थापनका लागि आवश्यक कानुनी प्रबन्ध नगरिएको भए अवस्था झन जटिल हुन सक्थ्यो,” मन्त्री गौतमले भनिन् ।

उनले तत्कालीन अवस्थामा शव व्यवस्थापनका लागि आवश्यक कानुनी पूर्वाधार जारी गरिएको र अहिले मृत्यु घोषणा तथा मृत्यु दर्ताको प्रक्रियाबारे समाधान खोज्न छलफल भइरहेको बताइन् ।

मन्त्री गौतमले भोटेकोशी विपद्पछि राहत, मौसम पूर्वानुमान, उद्योगी व्यवसायीलाई सहजीकरण, विपद्मा परिवार गुमाएका बालबालिकाको संरक्षणलगायतका विषय गत मन्त्रालयसँग सम्बन्धित रहेको जानकारी दिइन् ।

0 Comments