२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी, निरन्तरताका लागि फेरि प्रतिस्पर्धामा

विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेलले १५औँ महाधिवेशनमा सोही पदमा निरन्तरताका लागि उम्मेदवारी दिएका छन्। खुलातर्फ महामन्त्रीमा आकांक्षी बढेसँगै काँग्रेसको प्रभावशाली पदका लागि प्रतिस्पर्धा फराकिलो बनेको छ।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत पौडेलले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेल गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक काँग्रेस महामन्त्री निर्वाचित भएका थिए। त्यसअघि पार्टीको १४औँ महाधिवेशनमा पनि उनी महामन्त्रीका उम्मेदवार थिए। तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट प्रतिस्पर्धा गरेका पौडेल त्यसबेला निर्वाचित हुन सकेका थिएनन्।

विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा पुगेका पौडेलले १५औँ महाधिवेशनमा पुनः सोही पद रोजेसँगै उनी पदमा निरन्तरताका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

महामन्त्रीमा बढ्दै उम्मेदवारी
काँग्रेसको संशोधित विधानअनुसार यसपटक तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। त्यसमध्ये दुई खुला र एक महिला महामन्त्री रहने व्यवस्था छ।

खुलातर्फ महामन्त्रीका लागि यसअघि नैनसिंह महर, डा. सुनिल शर्मा र शंकर तिवारीले उम्मेदवारी दर्ता गरिसकेका छन्।

पौडेलसमेत प्रतिस्पर्धामा उत्रिएपछि खुलातर्फका दुई महामन्त्री पदका लागि उम्मेदवारको संख्या थपिएको छ।

७ हजार ११४ प्रतिनिधिले छान्दै नेतृत्व
काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिले दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ।

महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन्। संशोधित विधानअनुसार काँग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय र पदाधिकारी संख्या २६ कायम गरिएको छ।

विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री बनेका पौडेलको पुनः उम्मेदवारीसँगै काँग्रेसको संगठन सञ्चालनमा महत्वपूर्ण मानिने महामन्त्री पदको प्रतिस्पर्धा थप फराकिलो बनेको छ।

0 Comments